झापा-स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा युवतीको मृत्यु भएको छ । दमक नगरपालिका–७ की २७ वर्षीया रम्ता श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार पूर्व पश्चिम राजमार्गअन्तर्गत दमक ४ चिया बगानस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१५प ५७६३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको लु५१ प ५७८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट स्कुटरको पछाडि सवार युवती श्रेष्ठ गम्भीर घाइते भएकी थिइन् ।
उपचारका क्रममा न्युरो हस्पिटल विराटनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकलसहित चालक मिक्लाजुङ गाउँपालिका ६ बस्ने २५ वर्षीय ऋषिवर कार्कीलाई नियन्त्रणमा लिएको छ