logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

नेपाली बजारमा सामसङ एम सिरिजको तेस्रो स्मार्टफोन ग्यालेक्सी एम ४० प्रस्तुत,यस्तो छ मुल्य


  • राजनीति
  • आइतबार, असार १५ २०७६

पोखरा- नेपाली बजारमा सामसङ नेपालले एम सिरिजको तेस्रो स्मार्टफोन ग्यालेक्सी एम ४० प्रस्तुत गरेको छ ।यो फोन एम१० र एम२० स्मार्टफोनमा ग्राहकहरुको प्रतिक्रिया पछि बजारमा आएको हो

ग्यालेक्सी एम४० मा ६ ३ इन्चको फ्ह्ड्+ इन्फिनित्य्-ओ दिस्प्लय् शक्तिशाली स्नेप ड्रैगन ६७५ अक्टाकोर प्रोसेसर तथा दमदार फिचरका साथ ट्रिपल रियर क्यामरा छन् । ।

युवा पिढी तथा जेनेरेशन जी को लागि डिजाइन गरिएको ग्यालेक्सी एम सिरिज खास गरी नेपालकै लागि भनी तयार गरिएको हो । ग्राहकहरुका लागि उच्चस्तरीय स्क्रीन अनुभव प्रदान गर्नको लागि ग्यालेक्सी एम४० मा शानदार ६३ इन्चको फ्ह्ड्+ इन्फिनित्य्-ओ दिस्प्लय् का साथ बजारमा उपलब्ध रहेको छ ।

ग्यालेक्सी एम४० १२००ः१ को कन्स्ट्रास्ट रेसियो तथा अन स्क्रीन साउन्ड प्रविधिको साथ उपलब्ध छ ।

यो केवल ७९ मिलिमीटर पातलो फोन हो, जसको वजन केवल १६८ ग्राम छ । ग्यालेक्सी एम ४० मजबूत गोरिल्ला ग्लास ३ को साथ उपलब्ध छ ।

ग्यालेक्सी एम४०, स्नेपड्रैगन ६७५ प्रोसेसरको साथ उपलब्ध छ जसकोे उत्कृष्ट नेटवर्कले प्रयोगकर्तालाई जीवन्त अनुभव प्रदान गर्दछ साथै यसले फोनलाई मल्टिटास्किङ्ग बनाइदिन्छ र व्याट्री पनि कम खपत हुन जान्छ ।

नयाँ ग्यालेक्सी एम४० मा आफ्ना महत्वपूर्ण क्षणहरुलाई क्याप्चर गर्नको लागि आफ्नो श्रेणीमा सबैभन्दा उत्कृष्ट ट्रिपल रियर क्यामराको साथ डिजाइन गरिएको छ ।

ग्यालेक्सी एम४० को ट्रिपल क्यामरा सेटपमा १।७ अपर्चर तथा एआई सीन अप्टिमाइजरको साथ ३२ मेगापिक्सलको मुख्य क्यामरा राखिएको छ, जसमा प्रयोगकर्ताले दिनमा वा रातमा शानदार फोटो खिच्न सक्नेछन् । यसमा ५ मेगापिक्सलको डेप्थ क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा पनि राखिएको छ ।

आजको युवा पिँढीहरु भिडियो मार्फत कुराकानी गर्न मनपराउने हुँदा एम४० मा विभिन्न भिडियो फिचरहरु जस्तैः भिडियो रेकर्डिङ्ग, स्लोमो तथा हाइपरल्याप्स रहेका छन् ।

ग्यालेक्सी एम४० मा ३५०० एमएएच को व्याट्रि राखिएको छ भने १५ वाट यूएसवी टाइप सी फास्ट चार्जिङ्ग फिचर राखिएको छ जसले आम चार्जिङ्ग प्रक्रिया भन्दा ३ गुणा चाँडै चार्ज हुन्छ ।

ग्यालेक्सी एम४० को नेपाली बजारमा खरिद मूल्य ३६ हजार १ सय ९० तोकिएको छ । यो फोन १५ आषाढ देखि मिडनाइट ब्ल्यू तथा सिवाटर ब्ल्यू ग्रेडिएन्ट कलरमा उपलब्ध छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार