राजनीति
पोखरा- अवैध रुपमा ढुङ्गा गिट्टी निकाल्ने क्रममा बनेको गहिरो खाल्डोमा परेरएक बालक वेपत्ता छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर स्थित बाँके खोला नजिक खाल्डोमा जमेको पानीमा शनिबार बिहान बालक डुबेका थिए । स्थानीय लाले रायका १२ वर्षीय छोरा अमित राय खाल्डोमा डुबेपछि वेपत्ता भएका हुन् । करिब साढे ११ बजे साथीहरुसँग नुहाउन गएका अमित खाल्डोमा डुबी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ।
पानी धमिलो रहेको र खाल्डो गहिरो भएकाले पत्ता लगाउन समस्या भएको प्रहरी ले बताएका छन।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टीम अहिले खोजीकार्यमा लागिरहेको छ । नगरपालिकाको ठेक्का पाएका ठेकेदारले अवैध रुपमा उत्खनन् गर्दा उक्त खाल्डो गहिरो बनेको छ ।