logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अख्तियार आयुक्तको पैसा नासुको खातामा


  • पत्रपत्रिका
  • सोमबार, असार १६ २०७६

घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ ।

आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो ।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगमा बयान दिएका झाले डेढ करोडभन्दा बढी सम्पत्तिको स्रोत खुलाउन सकेका थिएनन् । स्रोत नखुलेको सम्पत्ति झाले पाठकमार्फत आर्जन गरेको अनुसन्धान अधिकृतको दाबी छ । यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार