logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सेनाको एमआई १७ संखुवासभामा, काठमाडौ बाट पुगेको प्रहरी टोलीले के गर्दै छ


  • राजनीति
  • सोमबार, असार १६ २०७६

संखुवासभाको सिलिचोङ-१ मा फायरिङ भएपछि काठमाडाैंबाट मद्दतका लागि थप टोली पठाइएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५/२५ जनाको टोली संखुवासभातर्फ पठाइएको हो ।

सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमार श्रेष्ठले सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जनाको टोली खटाइएको पुष्टि गरे । उनका अनुसार यो लङ् रेन्ज पट्रोलिङ (एलआरपी) टोली हो ।

नेपाल प्रहरीले पनि विशेष कार्यदलका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जनाको टोली पठाएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमार्फत मद्दत टोली प्रदेश पठाइएको बताए ।

उनका अनुसार प्रदेश १ प्रहरी कार्यालयबाट पनि थप मद्दतका लागि टोली पठाइएको छ । सशस्त्र प्रहरीले दिएको विवरण अनुसार प्रहरी टोलीले खाना खाइरहेका वेला गोली चलेको थियो ।

कम्तिमा २५ जना हतियारसहित रहेको टोलीसँग जम्काभेट भएको विवरण आए पनि ती व्यक्ति विप्लव नेकपाका कार्यकर्ता थिए/थिएनन् भन्ने पुष्टि कतै बाट पनि भएको छैन ।

यद्यपि अहिले त्यहा के कस्ता गतिविधि भएको छ भन्ने बारेमा त्यहा बाट कुनै जानकारी प्राप्त भएको छैन ।

सांकेतिक फाइल तस्वीर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार