logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

असार १७ गतेको राशिफल कसको दिन कस्तो रहनेछ


  • ज्योपं. सरोज घिमिरे
  • सोमबार, असार १६ २०७६

आज बि.स. २०७६ साल असार १७ गते मंगलबार इश्वी सन् २०१९ जुलाई २ तारीख आषाढ कृष्णपक्ष औंसी तिथी मृगशिरा नक्षत्र प्रातः ८ः३२ बजे सम्म पश्चात आद्र्रा नक्षत्र वृद्धि योग चतुष्पद करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा राक्षस योग सुर्य उत्तरायण ग्रीष्म ऋतु दर्शश्राद्ध हलो बार्ने निशि बार्ने ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । आत्मबलमा बृद्धिहुनाले अधुरा कार्यसमेत सम्पादित रहनेछन । मित्रजनहरुको सहयोगमा आम्दानिका श्रोतहरु दरीला बन्नेछन ।

बृष राशि इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । कार्यसम्पादनमा सामान्य ढिलाईको योेग रहेकोछ । सामान्य आर्थिक तनाबको सामना गर्नुपर्ला । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । वाणिका कारण सामान्य वादविवादको सम्भाबना रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । बिद्यार्थी बर्गका निम्ती समय मध्यम रहनेछ । सामान्य यात्रा पश्चात मनग्य आम्दानी प्राप्त हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । स्वास्थका कारण कार्यक्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । आफन्तजनहरु बाटँ टाढा भएको अनुभव हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन । पूराना लगानि उठाउन उचित समय रहेकोछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । चातुर्यता धुर्ततामा परिणत हुनाले अपजसको सामना गर्नुपर्नेछ । कार्यक्षेत्रमा लगाईएको तत्परताको बिशेष कदर हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ । मान्यजनहरु सगँको सम्बन्धमा मधुरता छाउनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । कार्यक्षेत्रमा लगाईएको तत्परताको बिशेष कदर हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । मित्रजन तथा बिश्वासिलो व्यक्तीद्वारा धोका हुनसक्छ सचेत रहनुहोला । कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । नजिकका ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । प्रतिश्पर्दाजन्य कार्यमा तपाईको अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । बिशिष्ट ब्यत्तिहरुको अनुशरणले सामान्य झन्झटका बिचमापनि कार्य सम्पादित रहनेछन ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । पारीवारिक झोरझमेलाले सताउन सक्नेछ । गरीरहेको कार्यमा समेत समस्या उत्पन्नहुनाले मनमा खिन्नता बोध हुनेछ । मान्यजनहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सभासम्मेलनका क्षेत्रमा सरीक रहने अवसर प्राप्त रहनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार