logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

‘पार्टीमा गज्याङमज्याङ छ ,मन्त्रीबाट अहिले हटाएपनि टेन्सन छैन : कृषि मन्त्री


  • राजनिती न्युज डेस्क
  • मंगलबार, असार १७ २०७६

बुटवल – कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले तत्काल मन्त्रिमण्डल फेरिने कुनै सम्भावना नरहेकाे दाबी गर्नुभएको छ ।

‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री परिवर्तन गर्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यहि मान्छे बसिरहने कुरा पनि हुँदैन, अरुलाई पालो पनि दिनुपर्छ । मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाएपनि कुनै टेन्सन छैन ।’

रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खनालले बजार हल्ला नसुनिएको नाम नै कुनै मन्त्रीको छ र ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीमा गज्याङमज्याङ छ ,बैचारिक एकता के हुने भन्नेमा बहस भइरहेको छ ,जबज र २१ शताब्दीको जनबाद दुईवटै परिमार्जनकाे रुपनै जनताको जनबाद हो अब यसैलाई लिएर अघि बढ्ने विषयमा छलफल भइरहेकाे छ ।’

तत्कालीन अवस्थामा दुई पार्टीबिच पार्टी एकता पनि गराैं, सरकार आलोपालो पनि गरौं भनिएकै हो, अहिले बेला भएको छैन, अढाइ वर्ष त भएको छैन । उहाँले भन्नुभयो ।

पार्टी मिलाएर जानुको विकल्प नरहेको भन्दै उहाँले नेकपा टुक्रिने कल्पना पनि गर्न नसकिने बताउनुभयो । पार्टी एकतापछि ३ वटा कुरा चर्चामा छन् उहाँले भन्नुभयो, ‘ बैचारिक एकता, सांगठनिक कुरा, सरकार र नेतृत्व आलोपालो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार