राजनीति
चिकित्सा क्षेत्रको बारेमा विभिन्न माग राख्दै अनसन बस्ने घोषणा गरेका प्रहरीद्वारा पक्राउ गरिएका गोविन्द केसीलाई एम्बुलेन्समा राखेर प्रहरी कार्यालय पुर्याइएको छ ।
उनलाई नेपाल प्रहरी अस्पतालको बा १ झ ७२६६ नम्बरको एम्बुलेन्समा प्रहरी कार्यालय पुर्याइएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रामदत्त दोशीको नेतृत्वको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । केसीलाई अहिले महानगरीय प्रहरी परिसरको कार्यालय टेकु राखिएको छ ।