राजनीति
पोखरा- लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ९ का १७ वर्षीय सोम गुरुङले आफू नेपालगञ्जमा भएको साथीलाई फेसबुक सन्देश छाडेका छन् । असार १३ गतेदेखि पोखराबाट सम्पर्कविहीन भएका भएका थिए। लमजुङका शिक्षक विशाल श्रेष्ठ ‘ओसिएन’ ले निशान पोखरा १४ हवेलीमार्गबाट मध्यान्हको समयपछि उनी बेपत्ता भएपछि उनका खोजी कार्य तीब्र बनाएका थिए ।
सोम पोखरा काजीपोखरीमै बसेर प्लस टु पढ्दै आएका थिए । उनको म्युजिकप्रति निकै झुकाव छ । अनुहार गहुँ गोरो, उचाइ ५ फिट ४ इन्च भएका सोमको फेसबुक वालमा मृत्यु जस्ता कुरा लेखेका थिए । जसकारण परिवार निकै चिन्तित अवस्थामा थियो । आफ्नो साथी साजन दुरालाई उनले आफू अब ठूलो मान्छे बनेर मात्र फर्कने म्यासेज गरेका छन् । १०,२० वर्षसम्म घर नफर्कने भन्दै बुबाआमालाई चिन्ता नलिन आग्रह गरेका छन्