logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अब लमजुङको बेशीशहरमा अन्तर्राष्ट्रियस्तरको फिल्म सिटी बन्ने


  • राजनीति
  • बिहिबार, असार १९ २०७६

पोखरा -अब लमजुङको बेशीशहरमा अन्तर्राष्ट्रियस्तरको फिल्म सिटी बन्ने भएको छ।
वल्र्ड एरिया होल्डीङ ईटली र स्काइ इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्रालीले संयुक्त लगानीमा निर्माण हुने अन्तर्राष्ट्रियस्तरको फिल्म सिटीको बुधबार सञ्चार मन्त्रालयमा एक कार्यक्रमका बीच सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको समुपस्थितिमा वल्र्ड एरिया होल्डीङ ईटलीका तर्फबाट अघ्यक्ष फ्रान्सेस्को सिङ्नोरीएलो र स्काइ इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्राईभेट लिमिटेड नेपालका तर्फ बाट अघ्यक्ष आकाश अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरे।

यसको निर्माण लागत अनुमानित ५ अर्ब ९० करोड रुपैयाँ रहेको छ। ५ वर्ष भित्रमा निर्माण सम्पन्न गरी सक्ने लक्ष्य रहेको सो फिल्म सिटीको निर्माण पछि अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्पन्न चलचित्र छायाङकन र सम्पादनको सुविधा उपलव्ध हुने छ।

फिल्म सिटीको निर्माणबाट आन्तरिक रोजगारी सृजना हुनुका साथै सरकारले राजश्व समेत प्राप्त गर्ने छ। फिल्म सिटीको निर्माणसँगै सो क्षेत्रमा एउटा पाँच तारे होटलका साथै अन्य पर्यटकीय पुर्वाधार समेत निर्माण गरिने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार