राजनीति
पोखरा -कुनै बेला गुण्डा नाइके रुपमा परिचित सासद राजिब गुरुङ (दिपक मनाङ्गे) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
बिहिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन् ।
मनाङ्गे गण्डकी प्रदेशका मनागबाट स्वतन्त्र सांसद हुन् । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परी थुनामा रहेका सांसद दीपक मनाङ्गे थुनामुक्त भएपछि प्रदेश सांसदको रुपमा सपथ लिएका थिए।