राजनीति
पोखरा- धाडिङ बेनिघाट रोराङ गाउँपालिका वडा ८का सदस्य रामजी चेपाङमाथि गोली प्रहार भएको छ ।
उनलाई बुधबार बेलुकी ८ बजे खाना खाँदै गरेको बेला इन्द्र बहादुर चेपाङले गोली हानी भागेको बताइेको छ।
भारुवा बन्दुकले हानिएको गोलीले रामजीको टाउकोमा लागेको छ। चिन्ताजनक अवस्थामा उनको काठमाडौँ मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
गोली हान्ने इन्द्रलाई पहिल्यैदेखि बलत्कार तथा अन्य अभद्र कार्यहरुको अभियोगमा खोजी गरिएको थियो। आफ्नो घर छोडेर जंगलमा बस्दै आएका इन्द्रले चौपायाको हत्या गर्नेदेखि महिलाहरुमाथि दुव्र्यवहार समेत गर्ने गरेको आरोप लागेको छ।
‘इन्द्रले वडा ८ का सदस्य रामजीलाई पहिल्यै देखि रिस गर्थे’ वडा नम्वर ५ का अध्यक्ष रोशन कुमार सिलवालले भने। उनको खोजी कार्य तिव्र रुपमा भइरहेको थपलियाले बताए।