logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मन्त्री र सभापतिबीच भनाभन


  • पत्रपत्रिका
  • शुक्रबार, असार २० २०७६

विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्का र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठबीच बिहीबार समितिको बैठकमा भनाभन भएको छ ।

बैठकको सुरुमा सभापतिले मन्त्री, सचिव र अन्यलाई विषयबस्तुबारे जानकारी गराएपछि मन्त्रीले सबैको जवाफ दिनुपर्छ भन्ने नभएकाले बैठकको प्रक्रियाको विषयमा असन्तुष्टी जनाएका थिए ।

मन्त्री र सभापतिबीच लामै विवाद भएपछि सांसद, पत्रकार र उपस्थितहरु समेत अन्यौलमा परेका थिए । सभापतिले बहिरा व्यक्तिलाई पनि सवारी चालक अनुमतिपत्र दिने विषयमा छलफल हुने र सरोकारवालालाई बोलाएको भन्नेबित्तिकै मन्त्रीले त्यसलाई नमान्ने भन्दै तत्काल प्रतिक्रिया दिएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा गंगा बरालले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार