logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु


  • राजनीति
  • शुक्रबार, असार २० २०७६

चितवन – मालबाहक ट्रक त्रिशूली नदीमा खस्दा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक शुक्रबार बिहान पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खस्दा बालकृष्ण यादव र रविकान्त यादव घटनास्थलमै ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, रविकान्त सोही ट्रकका धनी हुन भने बालकृष्ण चालक ।

दुर्घटनामा घाइते एक जनाको उद्धार भएकाे छ । उद्धारपछि उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । ट्रक सडकबाट त्रिशूली नदीमा कसरी खस्यो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार