logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

बोक्सीको आरोप लगाउने पोखराका २ महिला पक्राउ


  • राजनीति
  • शुक्रबार, असार २० २०७६

स्याङ्जा- स्याङजामा २ महिला एक महिलालाई बोक्सी भन्नुका साथै गालीगलौज गरेकोको आरोपमा पक्राउ परेका छन्। चापाकोट नगरपालिका २ का २५ वर्षीया चन्द्रकला थापा र तनहुँ बन्दिपुर घरभइ हाल पोखरा महानगरपालिका १६ बस्ने ३३ वर्षीया सोममायाँ गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले ३८ वर्षीया एक महिलालाई बोक्सी भन्नुका साथै गालीगलौज गरेको भन्ने उजुरीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । पक्राउ परेका दुबै महिलालाई जिल्ला अदालतबाट म्याद थप गरी भेदभाव अपमान जनक व्यवहारसम्बन्धी कसुरमा मुद्धा दर्ता भएको छ।

असार १७ गते आफूलाई बोक्सी आरोप लगाउनुका साथै गालीगलौज गरेको भन्दै पीडित महिलाले वडा प्रहरी कार्यालय वालिङमा दिएको जाहेरीका आधारमा दुबैजना महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार