शारीरिक सम्बन्धको प्रक्रिया चक्रलाई चारवटा चरणमा बाडिएको छ । १. उत्तेजनाको चरण २. प्लाटो फेज ३.चरमसुख र ४. रिजोलुसन फेज। प्लाटो फेजमा भएको शरीर क्रिया निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति सम्बन्ध तनावबाट मुक्त हुन्छ। यसको अवधि निकै छोटो हुने भए पनि मानव शरीर सम्बन्ध नै जीवनमा उक्त चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सर्वोत्कृष्ट सुख अनुभव गर्छ। यसैलाई चरमसुख भनिन्छ। तपाईंकी श्रीमतीले प्रयोग गर्नुभएको मजा शब्दले यसैलाई संकेत गर्नुभएको हुनुपर्छ।
आधारभूत रूपमा महिला तथा पुरुषमा शारीरिक प्रतिक्रिया चक्र उस्तै हुन्छ, तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ। कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी समय लाग्न सक्छ। शीघ्र स्खलन भएर शरीर सम्पर्क राम्रोसँग नहुँदा महिलाले सम्पर्क प्राप्त गर्न गारै हुन्छ। यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषमा भने त्यस्तो हुँदैन। महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक हो। पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि शारीरिक रूपमा उत्तेजित गर्न सकिँदैन।
शरीर प्रतिक्रिया चक्रमा मात्र होइन, महिलाको अङ्गको फरकपनमा पनि ध्यान पुर्याउनुपर्छ। तपाईंलाई थाहै होला, महिलाको संवेदनशील अङ्ग भगांकुरु बाहिरतिरै हुन्छ। सामान्यतस् पुरुष माथि र महिला तल रहेर गरिने शरीर सम्पर्कले महिलाको भगांकुरलाई घर्षण गर्दैन। महिला माथि रहेर महिलाले आफूले चाहेजस्तो कटी प्रदेशलाई चलाउन सक्छिन्, जसले शरीर सुख प्राप्त गर्न सहज हुन्छ। शीघ्र स्खलन भएपछि पुरुष अङ्ग शिथिल भएर सम्पर्क गर्न नसकेको स्थितिमा चरमसुखतर्फ अग्रसर हुने अवसर नै हुँदैन। तपाईंलाई थाहै होला, यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ। प्रसाधन जस्तो भाइब्रेटरको प्रयोग पनि अर्को उपाय हो। तपाईंकी श्रीमतीले हस्तमैथुन गरेर यौन आनन्द प्राप्त गर्नुभएको छ कि छैन, लेख्नुभएको भए जवाफ दिन अझ सजिलो हुने थियो।
स्तन तथा अन्य संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ भने अन्य अनेक प्रयोग पनि गर्न सकिन्छ। पुरुषहरू जस्तै महिलाहरू पनि उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उत्तेजित हुन्छन्। क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ। यसले सम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्धत पनि मिल्छ।
शीघ्रस्खलनका लागि
प्रायस् सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै न कुनै चाँडै बेला वीर्य स्खलन भएको अनुभव गरेका हुन्छ। घर्षण नै गर्न नपाई अङ्ग अङ्ग मिल्नसाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने सम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो। शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा सम्पर्क वा क्रियाकलापमा राम्रोु गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नो जोडीलाई सन्तुष्ट पार्न सक्दिन कि भन्ने चिन्ताले समस्या बढाउँछ। शीघ्र स्खलनको समस्या कम गर्न आफैंले अवलम्बन गर्न सकिने केही उपाय छन् त्यसका बारेमा छोटकरीमा चर्चा गरौं।
सम्पर्क रोक्ने सुरु गर्ने स् सम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै अङ्ग बाहिर झिकेर केही वेर क्रिडालाई नै रोक्ने र उत्तेजना केही कम भएपछि पुनस्सुरु गर्ने।
आशन परिवर्तन गर्ने लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिलामाथि बसेर सक्रिय भै सम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ।
अँठ्याउने स्खलनहोला जस्तो भएपछि तुरुन्तै अङ्ग यबाहिर झिकेर फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। उत्तेजना केही कम भएपछि पुनस् क्रिडा सुरु गर्ने।
कन्डमको प्रयोग गर्ने कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्याउँछ।
मांसपेशीको प्रयोग गर्ने पिसाब आउँदा रोक्न प्रयोग गरिने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ।
त्यसैगरी हस्तमैथुन गर्ने र स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन: हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भए रोकेर यो प्रक्रिया दोहोर्याउने९तेहेर्याउने। वीर्य स्खलनलाई राम्ररोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि सम्पर्करहित क्रियाकलापमा संलग्न हुने र स्खलन होलाजस्तो भए रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने। पछि वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागे पछि माथि भनिएजस्तै पहिले साथी बढी सक्रिय हुने गरी सम्पर्क गर्ने। अनि वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध तरिका अवलम्बन गर्दै सम्पर्कलाई अघि बढाउने। यसमा समय र धैर्यता निकै लाग्ने र श्रीमतीको सहयोग पनि महत्वपूर्ण हुने कुरा राम्रोसँग बुझ्नुपर्छ। एेजेन्सी