logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

डिग्रीको सर्टिफिकेटले “भैसीले दूध कति दिन्छ भनेर सोध्यो, सिङ कति राम्रो छ भनेर देखाउँछ-ओली


  • राजनीति
  • शुक्रबार, असार २० २०७६

पोखरा- डा. बाबुराम भट्टराईप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले डिग्रीको सर्टिफिकेटले मात्रै देश नबन्ने नचल्ने भन्दै कटाक्ष गरेका छन् । “पीएचडी, पीएचडी भनेर प्रचार गरिन्छ । अरूले पनि देशमा पीएचडी गरेका छन् । डिग्रीले क्रान्ति गर्दैन । दृष्टिकोण र निष्ठाले क्रान्ति गर्छ,” उनको भने ।

पूर्वमन्त्री कल्पना धमला, देवेन्द्र पराजुलीलगायतलाई नेकपामा प्रवेश गराउने कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले डाक्टरेट उपाधिलाई फुँडी फुटेर मरेको भ्यागुतासँग दाँजे । “कुनै समय एउटा पोखरीमा भ्यागुतो थियो । उसले एकदिन बाच्छो देखेछ । आमालाई दौडँदै सुनाउन पुगेछ । आमाले भनिछे– कत्रो थियो बाच्छो ? उसले फुँडी फुलाउँदै देखाउन थालेछ । जति भुँडी फुलाउँदा पनि बाच्छोको आकारमा पुगेन, अन्तिममा भुँडी फुटेर मर्यो,” उनले उखान पस्किए ।
डा। भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी गठन भएपछि धमला, पराजुलीलगायत नेताहरु एकताप्रति असन्तुष्ट थिए । उनीहरु नै नेकपामा प्रवेश गरेका हुन् ।

मूल विषयमा अल्मल्याउन अनेक सङ्कथन निर्माण हुनेतिर पनि उनले सचेत गराए । “भैँसीले कति दूध दिन्छ भनेर सोध्यो, हेर्नुहोस् न सिङ कति राम्रो छ भनेर सिङतिर देखाउँछन् । अहिले त्यसैगरी अल्मल्याउन खोजिएको छ,” प्रधानमन्त्रीको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार