राजनीति
पोखरा – लमजुङको सुन्दरबजार नगरपालिका-९ बेलघारीमा मर्स्याङ्दी नदीले बगाउदा एक बालिका बेपत्ता भएकी छन्।शुक्रबार बिहान स्थानीय ७ वर्षीया रितु गुरुङ मर्स्याङ्दीमा बेपत्ता भएकी हुन्। बहिनीको चप्पल खोलाले बगाएपछि चप्पल टिप्पन गएकी रितुलाई नदीले बगाएको हो।
रितु दोर्दी गाउँपालिका-१ रत्न प्राविको कक्षा तीनमा पढ्थिन्। ‘साथीसँग नदी किनारामा खेल्दै गर्दा बहिनीको चप्पल बगाएछ। चप्पल टिप्पन जाँदा उनलाई बगाएपछि बेपत्ता भएकी छन्,’ जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक वसन्त पाण्डेले भने।
नदीमा बेपत्ता बालिकाको खोजी भइरहेको उनको भनाइ छ।
तस्बिर अन्नपुर्ण पोष्टबाट