logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

सतारुढ नेकपा परित्याग गरेर डेढ दर्जन नेता-कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा प्रवेश


  • राजनीति
  • शनिबार, असार २१ २०७६

पाँचथर- पाँचथरको फिदिम नगरपालिका वडा नम्वर १० का डेढ दर्जन नेता-कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्।

नेपाल कम्यूनिष्ट पार्टी परित्याग गरेर असन्तुष्ट भएका उनीहरुलाई नेपाली कांग्रेसले शुक्रबार खलंगटामार आयोजित एक कार्यक्रमकाबीच अविर, खादा र टिकट कटाएर पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश गर्नेहरुमा १७ जना नेकपाका र एक जना राप्रपाका कार्यकर्ता रहेको बताइएको छ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपाका साविक इलाका इन्चार्ज चहकमान लोहार, अन्य कार्यर्ताहरु देवी प्रसाद लोहार, जीवन रुचाल, विवश थाम्सुहाङ, थोक्पु थाम्सुहाङ, बिष्णु कुमार थाम्सुहाङ, हेम महरा, रुद्र लोहार, मिलन लोहार, खड्क बहादुर महरा, जंग ब तेम्बकु, बुद्ध थाम्सुहाङ, गोपाल सिंङ दर्जी, कान्छा लिम्बू, दुर्गा प्रसाद हाङसरुम्बा, दिपेन्द्र खजुम र विनोद थाम्सुहाङ रहेका छन्। राप्रपा बाट हर्क्सिंङ थाम्सुहाङ हुन्।

पार्टी प्रवेश कार्यक्रम पछि बोल्दै उनीहरुले नेकपा पाटीले आफूहरुलाई सहयोग नगरेको भन्दै कांग्रेसमा प्रवेश गरेको बताएका थिए। नेकपाबाट कांग्रेस पार्टीमा प्रवेश गरेका चहकमान लोहारले कार्यक्रममा बोल्दै नेकपा पार्टी झुटको राजनीती गर्ने तर नेपाली कांग्रेसले जे बोल्छ त्यो गर्ने भएको हुँदा पनि आफूहरु कांग्रेस पार्टीमा प्रवेश गरेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार