logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

ओली राष्ट्रवादकाे नारा नालायकिपनमा टुङ्गियाेे : नेका


  • राजनीति
  • आइतबार, असार २२ २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले भारतबाट आउने तरकारी तथा फलफूल काे बिसादी परिक्षण नगर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेकाे छ।

कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले शनिबार अपरान्ह एक प्रेस बिज्ञाप्ती जारी गर्दै सरकारकाे आत्मासमर्पणवादी रवैयाकाे खण्डन गर्दै बिराेध जनाएका हुन् ।

केहि दिन देखी बिषादीको कारण रोक्किएको भारतीय भारतको चर्को दवावपछि सरकारले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय परिवर्तन गर्दै बिसादी परिक्षण नगर्ने निर्णय शुक्रबार गरेकाे थियाे।

सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिँदै आएको थियो ।

भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि आफ्नो निर्णबाट पछि हटेको हो ।

अहिले चाैतर्फि उक्त निर्णय खारेज गर्न माग भइरहेकाे छ । कम्युनिस्ट सरकार र ओलिकाे राष्ट्रवाद बारे सर्वत्र व्याङ्ग्या भइरहेको छ।

‘हाम्रो राष्ट्रवाद कस्तो हो भन्ने यसैबाट बुझिन्छ । यो भन्दा अरु के भन्न सकिन्छ र !’ व्याङ्ग्यात्मक शैलीमा ती मन्त्रीले भने, ‘जतिसुकै ठूला र चर्का कुरा गरेपनि भारतको दबाब थेग्न मुस्किल रहेछ ।’

कालीमाटी बजारमा आउने तरकारी तथा फलफूल ४० प्रतिशत भारतबाटै आउँछ । बाँकी ६० प्रतिशत बजार स्थानीय उत्पादनले ओगटेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६ अर्ब ४६ कोड ७५ लाख रूपैयाँ बराबरको तरकारी र १७ अर्ब ३ करोड ९६ लाखको फलफूल आयात भएको छ भने नेपालबाट यही अवधिमा १ अर्ब २२ करोड ९९ लाख बराबरको मात्र तरकारी तथा फलफूल निर्यात भएको रेकर्ड छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार