logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव नेकपाले जनप्रतिनिधि र कर्मचारीलाई थुनिदियो


  • राजनीति
  • शनिबार, असार २१ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्टका पार्टीका कार्यकर्ताले कैलालीको लम्कीचुहा नगरपालिकाका केही कर्मचारी र जनप्रतिनिधिलाई कार्यकक्षमै थुनिदिएका छन।

शनिबार साझ कार्यलयमा उनीहरुलाई काम गरिएको अवस्थामै थुनिदिएका हुन। विप्लव नेतृत्व नेकपा एरिया न- ३ सेक्रेटरी प्रदीपले जानकारी अनुसार शनिबार साझ ८: ३० बजे उनीहरु थुनिएका हुन।

सरकारले विप्लव नेतृत्व नेकपालाई प्रतिबन्ध लगाएकोले त्यसको चेतावनी स्वरुप कर्मचारी र जनप्रतिनिधिलाई कार्यकक्षमै थुनिदिएको सेक्रेटरी प्रदिपले बताए। उनले भने “पार्टीलाई लगाएको प्रतिबन्ध फुकुवा नगरे अबको निशानामा भ्रष्ट कर्मचारी र जनप्रतिनिधि नै रहने हुन।”

लम्कीचुहा नगरपालिकामा व्यापक आर्थिक अनियमितता भएका समाचार बाहिर आएपछि त्यसको चेतावनीको लागि केहि कर्मचारी र जनप्रतिनिधिलाई आफ्ना कार्यकर्ताले थुनिदिएको बताए ।

उनले भने “यो चेतावनी मात्रै हो,फेरि पनि पार्टीमाथिको दमन र प्रतिबन्ध रहिरहे, कार्यकर्ता टुलुटुलु हेरेर नबस्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार