logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

अन्य मुलुकमा प्रतिबन्धित छ भारतीय तरकारी र फलफूल तर नेपालमा किन ?


  • राजनीति
  • आइतबार, असार २२ २०७६

भारतले वेला वेला विषादी तथा गुणस्तर परिक्षण, तस्करीलगायत नाममा नेपालका कृषि तथा जडिबुटीलगायत उत्पादनलाई निकासीमा अवरोध गर्ने गरेको छ।

नेपालको अदुवा, अलैँची, चिया तथा जडिबुटी निकासीमा भारतले गैरभन्सार अबरोध गर्दै आएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

व्यापारीहरु नमूना बोकेर कलकाता, पटना र लखनउ पुग्दा नाकामै नेपाली तरकारी र जडिबुटी कुहिने गरेको छ।

तर, नेपालमा प्रयोगशाला र जनशक्ति बलियो बनाउनुको सट्टा सरकारले भारतको दबाबमा उताबाट आयात हुने तरकारी र फलफूलको विषादी परिक्षण नै रोकेको छ।

युरोपियन युनियन (इयु)ले भारतीय फलफूल र तरकारीमा अत्यधिक विषादी भेटिएको भन्दै १ मे २०१४ देखि आयातमा प्रतिबन्ध लगाएको छ।

सिंगापुर, साउदी, दुबई र पाकिस्तानमा समेत भारतीय तरकारी र फलफूल प्रतिबन्ध छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार