logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

केसी माथी केपीको व्यंग्य !


  • राजनीति
  • बुधबार, पुष २६ २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मिर्गौलासम्बन्धी जांच गर्न थाइल्याण्ड प्रस्थान गरेका छन् । नियमित स्वास्थ्य उपचारका लागि ओली बुधबार दिउँसो २ बजे थाइल्याण्डको राजधानी बैंकक उडेका हुन् ।
अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग बोल्दै अदालतमा अपहेलना मुद्दाको सामना गरिरहेका डा.गोविन्द केसीलाई ब्यंग्‍य गरे । उने भने, ‘कुनै कानुनी अप्ठेरो लाग्या भए गोविन्द केसीलाई सोध्नुभए हुन्छ, केसीजीले धेरै वटा कुरा फटाफट भनिराख्नु भएको छ, के भनेको हो त्यो ? अदालतले पनि बुझ्ला, जान्ला, केके भन्या हो ।
’ ओलीले भने,‘जे होस् यो प्रक्रिया बिलम्ब गर्न खोजिएको छ।’ ओली माघ २ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको एमालेले जनाएको छ । उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित छन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार