राजनीति
विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले भाेजपुर दाेहाेराे भिडन्त नियाेजित भएको दावी गरेका छन् ।
उनले ओखलढुंगा इन्चार्ज निरकुमार राई केही दिनकाे घरबिदामा रहेका बताएका छन्।
उनी भोजपुर निवासी हुन । केन्द्रीय सदस्यले भने प्रहरी जवान सञ्जीवको मृत्यु प्रहरीकै गोलीबाट भएको दाबी गरेको छ । ती केन्द्रीय सदस्यले अहिलेसम्म प्रहरी र सेनामाथि आक्रमण गर्ने आफूहरुको कुनै नीति नभएको दाबी गरे।
‘प्रशान्त ओखलढुंगा सेक्रेटरी हुन्। उनी पार्टीमा बिदा लिएर घर गएका थिए। उनले कुनै किसिमको हतियार बोकेका थिएनन्’, विप्लवका ती नेताले भने, ‘प्रशान्तसँगको घम्साघम्सीका क्रममा प्रहरीले चलाएको गोली सञ्जीवलाई लागेको हो। प्रशान्त निसश्त्र थिए।’
विप्लवका ती नेताले आफ्नै गोलीबाट सञ्जीवको मृत्युपछि प्रशान्तलाई प्रहरीले समातेर गोली हानेको दाबी गरे। ‘प्रशान्तलाई होटलबाट बाहिर लगेर खोल्सामा गोली हानिएको छ’, उनले भने, ‘उनीसँग हतियार थिएन, उनको कार्यक्षेत्र भोजपुर नभएकाले उनी निशस्त्र अवस्थामा ओखलढुंगाबाट त्यहाँ पुगेका थिए।’