logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

प्रतिबन्ध पछि ढलेका विप्लवका ९ कार्यकर्ता, को, कहाँ,कसरी… ?


  • राजनीति
  • बिहिबार, असार २६ २०७६

वर्तमान ब्यवस्था सग असहमत हुदै बिद्रोही धारमा रहेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा लाइ गत फागुन २८ गते देखी सरकारले प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध पछि झन मजबुत र चलायमान गतिविधि गरेको नेकपाले यि केहि महिनामा ८ जना नेता कार्यकर्ता गुमाएको छ भने झन्डै ६ सयको हाराहारीमा जेल र हिरासतमा रहेकाछन ।

पछिल्लो तथ्याङ्कअनुसार प्रतिबन्धपछि हालसम्म ८ जना विप्लव कार्यकर्ताले ज्यान गुमाएका छन् । प्रहरीको गोली प्रहार बाट ३ जना र बम विस्फोटमा परी ५ जनाले ज्यान गुमाएका हुन् ।

बिभत्स  ढंगले  सर्लाहीका इन्चार्ज कुमारको  लालबन्दीमा असार ५ गते ज्यान गयो । नेकपाले यसलाई गैरन्याययीक भनिरहेको छ ।

यस्तै, भोजपुरमा हालसम्म दुई जनाले ज्यान गुमाएका छन् । नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको जेठ ७ गते भएको हो । टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जंगलमा प्रहरीको गोली लागेर घाइते उनको उपचारको क्रममा बीपी स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा ज्यान गयो भएको बताइएको छ यधपी नेकपाले भने गिरफ्तार गरेर ह.. गरेको भन्दै आएको छ ।

यस्तै असार २५ गते प्रहरीसँगको मुठभेडमा विप्लवका विप्लव समूहका जिल्ला नेता इन्चार्ज नीरकुमार राईको ज्यान गएको छ । जिल्लाको शनिबारे भन्ने स्थानमा रहेका पानधारे होटलमा उक्त घटना भएको थियो । सो घटनामा प्रहरी जवान सञ्जिव राईको पनि गोली लागेर  जिवन गएको  छ ।

यस्तै जेठ १२ गते सुकेधारा र अनामनगरमा अपरान्हतिर बम विस्फोट भयो । सुकेधारा बम विस्फोटमा ५ जनाको ज्य गयो भयो भने अनामनगरमा एक जनाको  भयो । बम विस्फोटमा नेकपाका ५ जनाले ज्यान गुमाए । सुकेधारा विस्फोटको घटनामा ज्यान गुमाउने नेकपा कार्यकर्ताहरुमा विभुराम विक भन्ने दिपेन विक, निरन्तर मल्ल, गोकुल रानामगर, रामकुमार श्रेष्ठ र महावीर छन् । श्रेष्ठ र महाविरको उपचारका क्रममा ज्यान गयोको हो ।

अनामनगरको घट्टेकुलो विस्फोटमा भने प्रज्वल शाहीको ढले  । उनी विप्लव निकट विद्यार्थी संगठनका सीटीईभीटी अध्यक्ष समेत हुन् । सुकेधारा विस्फोटमा अन्य तीनजना घाइते भएका थिए भने घट्टेकुलो विस्फोटमा एकजना घाइते भएका थिए ।

पछिल्लो समय धनगढी विस्फोटमा परि एक जना कार्यकर्ताको ज्यान गएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार