logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई

अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यतालिका


  • राजनीति
  • बिहिबार, पुष २७ २०७४

काठमाडौं, पुस २७ – नेकपा एमालेका कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ

पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणकाक्रममा बुधबार बैंकक गएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले अध्यक्ष नआउँदासम्मका लागि पार्टी सन्चालनको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको बताए ।

अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार