logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

नेकपा विप्लव सोलुखुम्बुकि सेक्रेटरी प्रकाउ


  • राजनीति
  • शुक्रबार, असार २७ २०७६

चितवन – विप्लव नेकपाका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्का बिहीबार चितवनमा पक्राउ परेकी छन् ।

उनलाई भरतपुर महानगरपालिका २६ बाट पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । उनका अनुसार खड्का केही दिनदेखि चितवनमा थिइन् ।
सोलुखुम्वुको नेचा सल्यान गाउँपालिका २ खाल्पा माइती भएकी खड्का २०७१ मंसिर ८ गतेबाट विप्लव नेेेकपामा  संगठित भएको प्रहरीले जनाएको छ ।

उनले विप्लव नेकपाको महिला केन्द्रीय सदस्य, कोशी ब्यूरो संयोजक भएर काम गरेको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार