logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

असार ३१ गते शैक्षिक हड्तालकाे घाेषणा अध्यक्ष सिंह रिहाइ गर्न माग


  • राजनीति
  • शनिबार, असार २८ २०७६

विप्लव नेकपा निकट अनेरास्ववियु ( क्रान्तिकारी ) कैलाली ले आफ्ना अध्यक्ष काे पटकपटक अदालतबाट रिहा गरिदापनि पुन गिरफ्तार गरिएको भन्दै शैक्षिक हडताल सहितका कार्यक्रम सार्वजनिक गरेकाे छ।

अनेरास्ववियु ( क्रान्तिकारी ) कैलाली का उपाध्यक्ष पदम काफ्लले एक प्रेश बिज्ञप्ती प्रकाशित गर्दै सरकार काे फाशिवादी रवैया बिरुद्ध संघर्ष जरुरी भएको बताएका छन्।

बिज्ञप्तीमा भनिएको छ ‘हाम्रो संगठन कैलाली जिल्ला अध्यक्ष बर्मजङ सिहलाइ राजनीति आस्थाका कारण गैरन्यायिक रुपमा उपचारको क्रममा हस्पिटल बाट गुन्डागर्दी शैलीमा गिरफ्तार  गरेेेेकाे र नसुहाउदाे मुद्दा दर्ता गरि रु ५ लाख धराैटी मागेकाे पछि सर्वोच्च अदालतले त्याे खारेज गर्दै रिहा गर्न दिएको आदेशका बाबजुद पुन गिरफ्तार गरि कन्चनपुर लगिएको बताएकाेे छन्’

गैरन्यायिक गिरफ्तारी बिरुद्ध संघर्षका कार्यक्रम अन्तर्गत असार २९ गते प्रचारप्रसार ।असार ३० गते काेणसभा र असार ३१ गते कैलाली जिल्लामा शैक्षिक हडताल रहेका छन्

 हेर्नुस् प्रेश विज्ञप्ति

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार