logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

बाल यौनदुराचार आरोपमा मेजर प्रभव विक्रम शाह पक्राउ

घरमा काम गर्ने १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि


  • राजनीति
  • बिहिबार, पुष २७ २०७४

काठमाडौं ।  महानगरीय प्रहरी वृत्त बानेश्वरले बाल यौनदुराचार आरोपमा एक मेजर तहका सैनिकलाई पक्राउ गरी नेपाली सेनालाई बुझाएको छ । घरमा काम गर्ने १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको उजुरीका आधारमा बुद्धनगरमा बस्ने मेजर प्रभव विक्रम शाह पक्राउ परेका हुन् । पक्राउलगत्तै वृत्तले सेनाको मुख्यालयमा यसबारे जानकारी गराएको थियो ।

बालबालिकाका क्षेत्रमा कार्यरत एक संस्थाले दिएको गोप्य सूचनाका आधारमा मेजरलाई पक्राउ गरिएको हो । बानेश्वर वृत्तका डीएसपी रवि पौडेलले पक्राउ गरिए लगत्तै मेजरलाई नेपाली सेनालाई बुझाइएको बताए ।

स्रोतका अनुसार मेजरले घरमा कार्यरत १४ वर्षीया बालिकासँग अप्राकृतिक सम्बन्ध राख्ने प्रयास गरेका थिए । नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले मेजर शाहलाई सैनिक प्रहरी गणमा हिरासतमा राखिएको बताए । ‘प्रहरीले अनुसन्धान नसकुन्जेल उनी सेनाकै निगरानीमा रहन्छन्,’ उनले भने ।अाजकाे कान्तिपूरमा खबर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार