logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

मोहन बिक्रम बिहानै प्रचण्ड निवासमा किन पुगे


  • राजनीति
  • बिहिबार, पुष २७ २०७४

पछिल्लो समयमा नेपालको राजनीतिमा केहि अनपेक्षित घटनाक्रम भैरहेको देखिन्छ । यसै बिचमा ने.क.पा. (मसाल) का महामन्त्री मोहनबिक्रम बिहानीको पहिलो घन्टामा नै  ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास पुगेका छन । सिंह आज बिहान ७.३० बजे प्रचण्ड निवास खुमलटार पुगेको बताइएको छ ।

भेटमा दुई नेताबीच बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको थियो ।
भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएको बताइएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसाल बीचको चुनावी तालमेललाई कायमै राखिने बताएको बुझिएको छ ।
भेटमा दुवै नेताहरु राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै बामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएको स्रोतको दाबी छ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार