राजनीति
पोखरा- नेपालमा यस बर्षको मनसुनमा अहिलेसम्ममा सबैभन्दा बढी बाराको सिमरामा ३ सय ११ मिलिमिटर बर्षा भएको छ। जल तथा मौसम बिज्ञान बिभागको मौसम पुर्वानुमान महाशाखाले यस बर्षको मनसुनमा असारको २७ गते सिमरामा ३ सय ११ मिलिमिटर बर्षा भएको जनाएको छ।
२०७४ सालको मनसुनमा यसअघि सिमरामा २२७ मिलिमिटर बर्षा भएको थियो। यसैगरी काठमाडौ उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी १ सय १५ मिलिमिटर बर्षा भएको मौसमबिद समिर श्रेष्ठले बताए।
सामान्यतया मनसुनमा एक सय मिलिमिटर सम्मको बर्षालाई भारी बर्षा भएको मानिएतापनी यसपाली एक सय १५ मिलिमिटर सम्म बर्षा भएको मौसमबिद श्रेष्ठले बताए। यसबर्ष उपत्यकामा सबैभन्दा बढी बर्षा शुक्रबार भएको थियो।
यस बर्षको मनसुनमा जुलाई महिनामा मात्रै ३ सय ६३ मिलिमिटर बर्षा हुनुपर्नेमा दुई सातामै ७० प्रतिशत बर्षा भइसकेको छ। जुलाईमा हुनुपर्ने बर्षाको एक तिहाई बर्षा एकैदिनमा भएको उनले बताए
जुलाईको १४ तारिख अर्थात २ साता बित्दा ३ सय ६३ मिलिमिटरमा २ सय ५५ मिलिमिटर बर्षा भएको हो। २ सय ५५ मिलिमिटरमा एकैदिन जुलाई १२ तारिखमा १ सय १५ मिलिमिटर बर्षा भएको हो। एक महिनामा हुनुपर्ने बर्षाको एक तिहाई बर्षा एकै दिन परेकाले यो मनसुनमा अत्यधिक भारी बर्षा भएको अर्याल बताउछन।
मनसुनी न्युन चापिय रेखा बिस्तारै मध्य, पुर्वबाट दक्षिणतिर सर्दै गएको छ। यसले मनसुन कमजोर हुदै गई निरन्तर भारी बर्षा हुने क्रम रोकिने मौसमबिद अर्यालले जानकारी दिए।
न्युन चापिय रेखा दक्षिणतिर सरेकाले निरन्तर बर्षाको क्रम रोकिने यो न्युन चापिय रेखा दक्षिणतिर सरेकाले मध्य र पुर्वका केही स्थानमा भारी बर्षा भएपनि अन्य स्थानमा निरन्तर बर्षाको क्रम रोकिनेछ। साथै पानी पर्ने र रोक्ने क्रम भने जारी नै रहनेछ। यसैगरी आजदेखि पश्चिम क्षेत्रमा घाम समेत लाग्ने उनको दाबी छ।
मौसमबिद अर्यालका अनुसार सामान्यतया न्युनचापिय रेखामा न्युन चापिय क्षेत्र बनेमा त्यस क्षेत्रमा भारी बर्षा हुनेछ। मंगलबारदेखि लगातारको भारी बर्षा हुने क्रम रोकिदै जानेछ।