राजनीति
पोखरा- जेठ १५ गते लोकसेवा आयोगले जारी गरेको विज्ञापन समावेशी नभएको भन्दै सोमबार विरोध प्रदर्शन गरिएको छ । आदिवासी जनजाती समर्थकले विज्ञापन समावेशी नभएको र संविधानको मर्मविपरित भएको भन्दै सिठी जुलुस प्रदर्शन गरेका हुन् ।
काठमाडौंको सुन्धानरदेखि बागबजारसम्म सोमबार बेलुका सिठी जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजिनामासमेत माग गरेका छन् । उनीहरुले “संविधाप्रदत्त समानुपातिक समावेशी सुनिश्चित गर, बहिष्कृत समुदायका लागि आरक्षण सुनिश्चित गर, मन्त्री लालबाबु पण्डित राजिनामा दे” लगायतका नारा लगाउँदै सीठी जुलुस प्रदर्शन गरेका हुन् ।
आयोगले जारी गरेको विज्ञापन रोक्ने राज्य व्यवस्था समितिको निर्देशन पालना नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको थियो । उक्त विज्ञापनको माग गरिएको कर्मचार भर्नाको परीक्षा साउन ४ गते हुने भएको छ ।