logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

किन मनाइन्छ गुरु पुर्णिमा ? आज देशभर यसरी मनाइदै


  • राजनीति
  • मंगलबार, असार ३१ २०७६

आज आषाढ शुक्ल पूर्णिमा। ज्ञान दिने गुरुको सम्मान गरी मंगलबार गुरुपूर्णिमा मनाइँदैछ।

‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ उज्यालो भन्ने बुझिन्छ। अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन धर्मको मान्यता छ। जन्म दिने, संस्कार गर्ने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ भनिएको छ, मनुस्मृतिमा।

आफू आचरणमा बसेर अरुलाई आचरणमा राख्न सक्नेलाई स्मृतिमा गुरु भनिएको छ। मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई भनिएको छ। व्रतबन्ध संस्कारका बेला गायत्री मन्त्र दिने र वेदादि शास्त्र पढाउनेलाई गुरु भनिन्छ। सनातन मान्यताअनुसार आमाबुबा र गुरुलाई देवता मानिएको छ। गुरुलाई माता र पितापछिको स्थान दिइएको छ।

ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन धर्मको मान्यता छ। गुरु एकदिनमात्र नभई अहिले प्रचलनमा रहेको गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको बताइन्छ। मंगलबार नै पौराणिक ग्रन्थ रचनाकार महर्षि व्यासको जन्मजयन्ती पर्छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार