logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेपालमा प्राविधिक शिक्षा ५ लाख पास हुदा २ लाख बेरोजगार


  • राजनीति
  • बुधबार, साउन १ २०७६

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिक लिएकामध्ये झन्डै दुई लाख युवा बेरोजगार रहेका छन्।

आफ्नो देशमा राजगारी नपाउँदा दक्ष जनशक्तिको रुमपा रहेका ती युवा विदेशिन बाध्य भएका हुन्। दक्ष जनशक्ति विदेशिने क्रम बढ्दा मुलुकमा ब्रेन ड्रेनको खतरा हुने सक्ने चेतावनी शिक्षाविदहरुले दिएका छन्।

पछिल्लो १० वर्षमा अर्थात् २०६६ सालदेखि हालसम्म झन्डै पाँच लाख युवाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएका छन्। तीमध्ये दुई लाखभन्दा बढी रोजगारविहीन रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको तथ्यांकमा उल्लेख रहेको समाचार राजधानी दैनिकमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार