logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवका ७ कार्यकर्ता रिहा गर्न सर्वोच्च काे आदेश


  • राजनीति
  • बिहिबार, साउन २ २०७६

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ७ नेतालाई छोड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइ गर्दै सर्वोच्चले प्रहरीले लगाएको आरोप पुष्ट नभएको भन्दै बिहिबार सातै जनालाई रिहा गर्न आदेश दिएको हो ।

रिट निवेदनमाथि बिहिबार भएको बहस माननीय न्यायाधिश इश्वर खतिवडा, तेज बहादुर केसी र बमकुमार श्रेष्ठको पूर्ण इजलासले बन्दीहरुलाई प्रबृत धारणा राखी बन्दी बनाइएको भन्दै रिहा गर्न आदेश दिएको हो ।

रामेछापका तेजबहादुर मोक्तान, सल्यानका चित्रकमल ओली, रोल्पाका बुद्दिलाल पुन, झापाका तेजराज काफ्ले, झापाकै डम्बरबहादुर तामाङ, ओखलढुंगाका बुद्दिबहादुर सुनुवार र भक्तपुरका राकेश श्रेष्ठसहित ७ जनालाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको मागसहित अर्जुन तामाङले बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालतमा शुक्रबार भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि निवेदकका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, गोपालकृष्ण घिमिरे, रमनकुमार श्रेष्ठ चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ता कपिलचन्द्र पोख्रेल, सुनिल पोख्रेल, खिमानन्द अधिकारी, बेनोज अधिकारी, कान्तिराम ढुंगाना, बद्रीप्रसाद भुसाल, चुडाबहादुर निरौला, लिलाधर उपाध्याय, सन्तोष कोइराला, सुदर्शन जोशी र राजु अधिकारीले बहस गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार