logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माइला लामाको गिरफ्तारी गलत हो, वार्ताको वातावरण बिगार्छ : मणी थापा


  • राजनीति
  • आइतबार, साउन ५ २०७६

श्रावण ४ शनिवार मध्य रातमा गिरफ्तार गरिएका नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका लोकप्रिय नेता माइला लामाको गिरफ्तारीलाइ लिएर सत्तारुढ दल (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले भने, ‘सरकार र विप्लव नेकपाबीच औपचारिक वार्ता शुरु नभएकाले सरकारले आफ्नो रणनीति अनुसार नै लामालाई गिरफ्तार गरेको हो बुझ्नुपर्छ ।’
वार्ताका लागि कुनै कुराको औपचारिकता भएको भए यो गिर्फतारीलाई अन्यथा भन्न मिल्थ्यो तर यो सरकारको रणनीति अन्तर्गत नै भएको आफूलाई लागेको उनले बताए ।

तर राजनीतिक हिसावले यो गिरफ्तारी गलत हो, उनले भने, सरकारले एकातिर वार्ताको कुरा गर्ने र अर्कोतिर गिरफ्तार पनि गर्ने यो दुईटै कार्यले वार्ताको वतावरण बन्दैन झन बिग्रिन्छ ।’ विप्लव नेकपा  स्रोतले, ‘औपचारिक वार्ता शुरु भएको थिएन । तर साइड टक शुरु भइसकेको थियो । यसैबेला गिरफ्तार गरेर सरकारले वतावरण विगरेको छ ।’ सरकारले पार्टीलाई गलाउने नीति लिएको छ तर आफूहरु पनि पछाडि नहट्ने बताए ।

विप्लव नेकपा सग वार्ताका लागि नेकपाका शीर्ष नेताहरु नै सक्रिय भएका छन् । नेकपाका महासचिव विष्णु पौडेलले स्वयं नख्खु जेलमा रहेका सुदर्शनलाई भेटेको बताइन्छ । त्यस्तै जनार्दन शर्मा, कृष्णबहादुर महरा र सरकारको तर्फबाट वार्ता समितिका संयोजक रहेका सोम पाण्डेलगायतका नेताहरु विप्लव नेकपा नेताहरुसँग छलफल गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार