logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

विप्लव नेकपा जिल्ला सेक्रेटरी प्रभाजित र युवा ब्युरो इन्चार्ज बिष्ट पक्राउ


  • राजनीति
  • सोमबार, साउन ६ २०७६

पोखरा -विप्लव नेकपा जिल्ला सेक्रेटरी बिर्खबहादुर शाही (प्रभाजित) र युवा संगठनका कर्णाली ब्युरो इन्चार्ज बखतबहादुर बिष्टपक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाले दुई जनलाई पक्राउ गरेको हो।

हिमा गाउँपालिकाको धाँचुगाउँबाट सुतेकै अवस्थामा उनीहरुलाई सोमबार बिहान ४ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिए।

सेक्रेटरी शाही र युवा नेता बिष्ट धाँचुगाउँमा आएको सूचनाका आधारमा पक्राउ गर्न टोली खटाइएको उनले बताए। उनीहरुका बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। पार्टीको युवा अभियान सञ्चालन गर्न उनीहरु गाउँमा गएको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार