logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भारतीय दूतावासमा गोप्य बैठक पम्फा भुसाल देखि नविना लामासम्म २५ महिला सांसद सहभागी


  • राजनीति
  • मंगलबार, साउन ७ २०७६

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभामा रहेका महिला सांसदहरुसँग छलफल गरेका छन् । संसदमा महिलाको गतिविधि तथा देशको समसामयिक विषयमा छलफलका लागि महिला सांसदहरुलाई दूतावासभित्रै बोलाइएको थियो ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, नेपाल र समाजवादी पार्टीका महिला सांसदहरु दूतावास पुगेका थिए । राजपा नेपालका चन्दा चौधरीले भनिन्,‘राजदूत ज्यूले चिनजान र भालाकुसारीका लागि चिया खान बोलाउनुभएको थियो । खासै केही थिएन ।’

नेकपाकी पम्फा भुसाल, नविना लामा, काँग्रसकी सीतादेवी यादव लगायत २०–२५ जना महिला सांसद भारतीय दूतावासमा पुगेका थिए । संसदमा भइरहेको बहस, कानुन निर्माण लगायतका विषयमा राजदूतले जिज्ञासा राखेको स्रोतले जनाएको छ ।

संसदमा कानुन निर्माण भइरहेको बेला दूतावासले महिला सांसदहरुलाई मात्र बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । -रातोपाटी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार