राजनीति
पोखरा- सिंगापुरमा जारी टी–२० क्रिकेट विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा जितका लागि नेपालले कतारलाई १२३ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन मात्र बनाउन सक्यो ।
पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लबीच ४९ रनको साझेदारी भएको थियो ।
६ ओभरमा नेपालले १ विकेटको नोक्सानीमा ४९ रन बनाएको हो । पारसले १७ बलमा १ छक्का र ४ चौकाको मद्धतले २८ रन बनाए ।
त्यस लगत्तै ज्ञानेन्द्र पनि आउट भए । ज्ञानेन्द्रले २४ बलमा २३ रन बनाए । दिपेन्द्र सिंह ऐरीले ३५ बलमा ३४ रन बनाए । उनले १ छक्का र १ चौका हानेका थिए ।
सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९ तथा सरद भेषवाकरले ७ रन बनाए । इक्वाल हुसेनले ३ विकेट लिए ।