logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

सभापति देउवा विरुद्द महामन्त्री शशांकको खुल्ला चुनौती, पुनः नेतृत्वमा आउन नदिन आव्हान


  • राजनिती न्युज डेस्क
  • मंगलबार, साउन ७ २०७६

पार्टी सभापतिमा शेर बहादुर देउवालाई पुनः दोहरिन नदिने पक्षमा आफू रहेको एक कार्यक्रम बीच नेपाली कांग्रेसका महामन्त्री डा।शशांक कोइरालाले बताएका छन् ।

सोमबार नेपालगञ्जमा नेपाली कांग्रेस बाँकेले ३७ औं विपी स्मृति दिवसका अवसरमा गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै महामन्त्री डा।कोइरालाले पार्टीको अहिलेको नेतृत्व आगामी महाधिबेशनमा परिवर्तन गर्नुपर्ने बताएका हुन। नेपालगञ्जबाट यस विषयमा आफूले पहिलोपटक मुख खोलेको बताउँदै उनले सभापति देउबा फेरि सभापतिमा चुनाव लड्ने सम्भावना रहेकाले देउबालाई पुनः नेतृत्वमा आउन नदिन सबै एकजुट हुनुपर्ने बताए।

१३ औं महाधिबेशनमा देउबा इतर पक्ष एकजुुट नहुँदा सभापति पद गुमाउनु परेको प्रसंग सम्झदै महामन्त्री डा।कोइरालाले भने, ‘फेरि पनि हामी दुई तीन जना लड्यौं, आपसमा मिलेनौं भने शेर बहादुरजीले जित्नुहुन्छ।’

विपी कोइरालाको पालामा जस्तो अहिलेका नेताहरुका बीचमा हार्दिकता नभएको भन्दै उनले अहिले नेताहरुको बीचमा तिक्तता मौलाएको बताए। पार्टीलाई एक ढिक्का बनाउन सके मात्र कम्युनिष्टहरुसंग लड्न सकिने महामन्त्री कोइरालाले बताए। उनले सरकार हरेक कुरामा चुकेको टिप्पणी गरे।

कांग्रेस केन्द्रीय सदस्य बद्रि पाण्डेले पार्टीको संस्थागत विकास गर्न जरुरी रहेको उल्लेख गर्दै विधान अनुसार पार्टी चल्नुपर्ने आवश्यता औंल्याए। सरकारप्रति जनताको भरोसा टुटेको उनको भनाई छ। लोकतन्त्रमाथि चौतर्फी आक्रमण गर्ने सरकारले जन आकांक्षा अनुसार काम गर्न नसक्ने पाण्डेको टिप्पणी थियो।

पूर्व पार्टी सभापति सनत रेग्मीले विपीले प्रतिपादन गरेको सिद्धान्त र नीतिबाट कांग्रेस विमुख हुँदा अहिलेको अवस्था आएको टिप्पणी गरे।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका उपप्राध्यापक अर्जुन प्रसाद पोखरेलले विपी कोइरालाको जीवनी, विचार र राजनीतिक दर्शन तथा सान्दर्भिकताबारे धारणा राखेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार