राजनीति
पोखरा- नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा बताएका छन्।
मंगलबार कीर्तिपुरमा ४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफुहरु आइपुगेको स्पष्ट पारे। पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको उनको भनाई थियो। स्पष्ट विचार, राजनीति, विधि पद्धतिका आधारमा संगठनको निर्माण, कम्युनिष्ट मूल्य मान्यताका आधारमा कम्युनिष्ट पार्टीलाई अझ एकतावद्ध बनाएर लैजाने काममा सबै लाग्नुपर्नेमा प्रचण्डले जोड दिए।
पार्टी एकताका काम करिब निष्कर्षतिर पुगेको समेत उनले बताए। एकताको काम सक्ने वित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि अध्यक्ष प्रचण्डको भनाई थियो। उनले भने,‘कार्यकर्तालाई, जनतालाई उत्साहित गर्ने गरी र सुशासन र विकासको एउटा मोडेल प्रस्तुत गर्ने गरी अब पार्टीले अभियान चलाउँछ ।’