logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वि’प्लवलाइ नि’यन्त्रण गर्न ‘रअ’ प्रमुखकाे ओलीलाइ निर्देशन, यस्ता भए गाे’प्य छलफल


  • राजनीति
  • मंगलबार, साउन ७ २०७६

भारतीय जासुसी निकाय रिसर्च एण्ड एनलाइसिस विङ ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल भ्रमण पूरा गरेर सोमबार स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न नेताका साथै सुरक्षा निकायका प्रमुखसमेतलाई भेटेको  छन । उक्त  भेटलाई सम्बन्धित दलका नेता र सुरक्षा निकायले गोप्य राखेका छन् ।

तर प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा गोयलले नेत्र विक्रम चन्द विप्ल’व नेकपाको गतिविधि बढेको प्रतिपनि चिन्ता व्यक्त गरेका थिए । नेपालमा वि’प्लवको ग’तिविधि बढे भारतमा पनि त्यसको प्रभाव पर्ने भएकाले त्यसलाई निय’न्त्रण गर्न उनले सुझाव दिएको बताइन्छ ।

पछिल्लो समय सरकार र वि’प्लव बिच अनऔपचारिक सम्वादहरु भएका खबरहरु सार्वजनिक भएका थिए तर ‘रअ’ प्रमुखकाे नेपाल भ्रमण पुर्वसंन्ध्यामा एकाएक वार्ताका प्रयास भंग हुन पुगे ।

सो क्रममा ओलीले वि’प्लवमाथि प्र’तिबन्ध लगाएर सरकार का’रवाही प्रकृयामा गइसकेका बताएका बुझिएकाे  छ ।

शनिवार विहान नेपाल आएका रअ प्रमुख गोयलले ‘सम्बन्ध विस्तार’ उद्देश्यसहित भेटघाट गरेको स्रोतको भनाई छ

गोयलले शनिवार राती ९ः३० वजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेको स्रोतको दाबी छ ।

राती १ वजेसम्म भएको भेटघाटमा चीन, पाकिस्तान र सार्कको विषयमा छलफल भएको थियो । पछिल्लो समय नेपालको मामलामा भारत कमजोर हुँदै गएको महसुस गर्दै भारत सरकारले यतातिर विशेष ध्यान दिएको छ । त्यसैले भारतीय सरकारले नियुक्त गर्ने वित्तिकै गोयललाई पहिला नेपाल पठाएको हो ।

उनी असार २६ गते रअको प्रमुखमा नियुक्त भएका थिए । नियुक्त भएपछि उनको पहिलो भ्रमण नेपाल नै हो । नेपालमा भारतप्रतिको माहोला किन बिग्रेको छ, भारत विरोधी गतिविधि किन हुन्छ भनि जान्ने उद्देश्यका साथ उनी नेपाल भ्रमणमा आएको बताइन्छ ।

नेपालमा चीनको लगानी र भारतको सीमासम्म उसको पहुँच कसरी भयो, यसमा नेपाल किन संवदेनशिल नरहेको भन्नेजस्ता विषयमा गोयलले प्रधामन्त्री अ‍ोलीसँग जिज्ञासा राखेका थिए । गोयलको टीमले सार्कको विषयलाई पनि प्रधानमन्त्रीसँग गम्भीर रुपमा उठाएको थियो ।

भारतबाट पाकिस्तानको बालकोटमा भएको आक्रमणपछि नेपालले जारी गरेको विज्ञप्तिप्रति पनि गोयलले चासो राखेका थिए ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई उचाइमा पुर्याउन सरकार र नेकपाले चाहेको धारणा राखेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले भने गोयलसँगको भेटको खण्डन गरेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले रअका प्रमुख गोयलसँग ओलीले कुनै भेटघाट नभएको दाबी गरे ।

नेपाल आएको बेलामा गोयलले (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेटेको स्रोतको दाबी छ । प्रचण्डलाई भेट्न उनी खुमलटार नै पुगेको बताइन्छ ।

गोयलले प्रधानमन्त्री ओली र प्रचण्डबाहेक अरु सबैलाई महाराजगञ्जस्थित एकजनाको नीजि घरमा भेटघाट गरेको स्रोतको दावी छ ।

सो घरमा काँग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, नेकपाका सचिवालय सदस्यद्वय माधवकुमार नेपाल, वामदेव गौतम, प्रहरी प्रमुख र नेपाली सेनाका प्रमुख लगायतका व्यक्तिसँग गोयलले छलफल गरेका थिए ।

गोयलसँग को–को थिए ?
नेपाल भ्रमणका क्रममा गोयलका साथमा बृज भुषणसिंह तोमर र अरुण जैन पनि थिए । तोमर रअका ज्वाइन्ट सेक्रेटरीका साथै चीन साउथ एसिया डेस्कको प्रमुख पनि हुन् । जहाँ यसअघि (३० जुनसम्म) विवेक जोहरी थिए ।

नेपालस्थित भारतीय दुतावासमा कन्सुलर भएर काम गरिसकेका अरुण जैन पनि साथमा आएका थिए । रअका ज्वाइन्ट सेक्रेटरी जैन नेपाल मामलाका जानकार मानिन्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार