logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दर्दी खोलामा आएको बाढीले बगाएर २ जनाको मृत्यु


  • राजनीति
  • बुधबार, साउन ८ २०७६

लमजुङ– अविरल बर्षाका कारण लमजुङको दर्दी खोलामा आएको बाढीले लिवर्टी हाइड्रो पावरमा कार्यरत २ जनाको बाढीले बगाएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी रविन्द्र गुरुङका अनुसार हाइड्रो पावरमा उनीहरुको पहिचान हुन सकेको छैन ।

घट्नास्थल नजिक भनिएको सुलिभञ्ज्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोपाल कुमार श्रेष्ठले घटनाबारे सबै विवरण आइनसकेको जनाए ।

दर्दी खोलाबाट २५ मेघावाट क्षमताको लिवर्टी हाइड्रो पावर निर्माणधिन छ ।

यता, लिबर्टी हाइड्रोपावरका सञ्चालक राम पाण्डेका अनुसार बाढीका कारण आयोजनामा कार्यरत १५–२० सम्पर्कविहीन छन् । त्यस्तै, हाइड्रोपावरको उपकरणहरु ठूलो क्षति पुगेको उनको भनाई छ ।

सदरमुकाम बेसी शहरबाट २५ किलोमिटर टाढा रहेको हाइड्रोपावरसम्म पुग्न कच्ची बाटो भएकाले सुरक्षाकर्मी र उद्धार टोली पुग्न नसकेको उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार