logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

४ हजार धरौटी नबुझाएका कारण‘ विप्लव’ नेकपाका पूर्वी ताम्सालिङ्ग इन्चार्ज श्रेष्ठ कारागार चलान


  • राजनीति
  • बुधबार, साउन ८ २०७६

बुटवल–धरौटी रकम नबुझाएका कारण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य वसन्त श्रेष्ठलाई जेल चलान गरिएको छ ।रुपन्देही जिल्ला अदालतले पूर्वी ताम्सालिङ्ग इन्चार्ज समेत रहेका श्रेष्ठलाई ४ हजार धरौटीमा छाड्ने आदेश दिए पनि सो रकम नबुझाएका कारण अदालतले श्रेष्ठलाई आज कारागार चलान गरेको हो ।
रुपन्देहीमा लामो समय राजनीति गरेका श्रेष्ठलाई सोमबार काभ्रेमा पक्राउ गरिएको थियो । काभ्रे जिल्ला अदालतबाट धरौटीमा रिहाई भएलगत्तै पुनः गिरफ्तार गरि रुपन्देही ल्याएको हो । विस्फोटक पदार्थ मुद्धामा आज भएको थुनछेक बहसपछि रुपन्देही जिल्ला अदालतका न्यायाधीश भिमलाल बेल्वासेको इजलासले श्रेष्ठलाई ४ हजार धरौटीमा छाड्ने आदेश दिएको र धरौटी रकम नबुझाएपछि जेल चलान गरिएको हो ।
गत जेठ १० गते ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका नेता श्रेष्ठलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरि काभ्रे पु¥याएको थियो । जिल्ला प्रहरी कार्यलय काभ्रेको हिरासतमा रहेका श्रेष्ठमाथि संगठित अपराध (आगो लगाएको) सम्बन्धि अभियोग लगाइएको थियो । सोही मुद्धामा अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

नेता श्रेष्ठलाई प्रहरीले गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारीको खानीखोलाबाट पार्टीका स्थाई समिति सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन)सँगै गिरफ्तार गरेको विप्लव निकट जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार