राजनीति
आज बिहिवार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक बस्दैछ । पार्टीको वैचारिक विषयसँग सम्बन्धी स्कूल विभागको नेतृत्वमा विवाद चुलिँदा मंगलबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।
बिहीबार दिउँसो १ बजेका लागि बालुवाटारमा बोलाइएको बैठकमा विभागको नेतृत्वबारे छलफल हुने जनाइएको छ । स्कूल विभागको नेतृत्वमा विशेष गरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी रहेको छ ।
दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन । पूर्व एमालेका तर्फबाट पोखरेल र पूर्व माओवादीका तर्फबाट श्रेष्ठको दाबेदारी छ ।
स्कुल विभागको जिम्मेवारी : नरायणकाजी र ईश्वरलाई लत्याउदै प्रचण्डले खनाललाई तयार हुनुस भने पछी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभाग प्रमुख हुन सचिवालय सदस्यहरू नरायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच पेचिलो बनेको प्रतिस्पर्धाका बीच झलनाथ खनालले बाजी मार्ने भएका छन्।मणि दाहालले नेपाल खबरमा लेखेका छन।
स्कुल विभागमा आएर अड्किएको पार्टी एकताको गतिरोध फुकाउन पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई प्रमुख बनाउन लागिएको हो। स्कुल विभाग प्रमुखमा सहमती नहुँदा विभागको जिम्मेवारी बाँडफाँट गर्न मंगलबार बस्ने भनिएको सचिवालय बैठक बिहीबारका लागि सारिएको थियो।
श्रेष्ठ र पोखरेलले स्कुल विभाग प्रमुखको दावी नछाडेपछि विकल्पका रुपमा खनाललाई अगाडि सारिएको हो। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खनाललाई मंगलबार दिउँसो यसबारे जानकारी दिएर उनको सहमती पनि लिएका छन्।
पार्टीको शक्तिशाली संगठन विभागको प्रमुख वामदेव गौतम बन्ने निश्चित भैसकेको छ। पूर्व माओवादीको भागमा परेका अर्थ र प्रचार विभाग प्रमुख को हुने भन्ने टुंगो अझै लागेको छैन। एमाले र माओवादीले नेकपामा क्रमशः १८ र १४ विभागको प्रमुख हुने गरी जिम्मेवारी बाँडफाँट गरेका छन्।