logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

आँबुखैरेनीमा एक सवारीको ठक्‍करबाट वृद्धको मृत्यु


  • राजनीति
  • बिहिबार, साउन ९ २०७६

दमौली – आँबुखैरेनी ३ मा एक सवारीको ठक्‍करबाट वृद्धको मृत्यु भएको छ। बिहान सवा पाँच बजे डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको सवारी साधनको ठक्‍करबाट आँबुखैरेनी गाउँपालिका २ निवासी ७९ वर्षीय खड्गबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि बिहान पौने ११ बजेतिर स्थानीयले सडक अवरुद्ध पारेका थिए। तर पछि आफन्तसँग प्रहरीले सवारी पक्रने सहमति गरेपछि बाटो सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार