राजनीति
पोखरा -१७ डेबिटफल्स र फुस्रेखोलाको दोभान खोल्सामा खसेका एक किशोरको ४ दिन पछी सकुशल उद्दार गरिएको छ ।
छोरेपाटनका १६ बर्षीय अन्जन सुनारको सकुशल उद्दार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।माछा मार्न जाँदा चार दिन अगाडि खोलामा अचानक खोल्सामा खसेका सुनारको सकुशल उद्दार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र बिष्टको कमाण्डमा खटिएको रेस्क्यु टोलिले सुनारलाई उद्दार गरी उपचारको लागी गण्डकी अस्पताल पोखरामा पठाएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।