राजनीति
गत जेठ १२ गते आइतबार काठमाडौँको घट्टेकुलोको विस्फोटनमा परी घाइते भएका अखिल क्रान्तिकारीका त्रिचन्द्र क्याम्पस अध्यक्ष रबिन केसीलाइ जेल चलान गरेको छ । जेठ १२ गते देखी नै प्रहरी हिरासतमा रहेका केसी लाइ आज डिल्ली बजारको भद्रगोल जेल चलान भएको अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्ष उषाकिरणले जानकारी दिएकाछन ।
१२ गते घाइते भएका उनलाइ प्रहरीको निगरानीमा केहि दिन ट्रमा सेन्टरको आकस्मिक कक्षको राखेर उपचार गरिएको थियो ।
रुकुम सानी भेरीका २६ वर्षीय रबिन केसी प्रहरीले हत्कडी लगाएर उपचार गरेको थियो।
रविन घट्टेकुलामा भएको विस्फोटमा घाइते भएका थिए । उनको छाति र खुट्टामा चोट लागेको थियो।
विस्फोटनका घाइतेहरु, शरिर भरी घाउ हातमा हत्कडी
जेठ १२ गते आइतबार काठमाडौँको घट्टेकुलो, सुकेधारा, थानकोटमा बम विस्फोट भयो। विस्फोटनमा परी तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्..यु भयो। विस्फोटनमा परी ८ जना घाइते भए। तीनै ठाउँमा विस्फोटनका घाइतेहरुमध्य पाँनजनाको ओम अस्पताल र तीन जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
घाइते मध्य तीनै जनालाई ट्रमा सेन्टरको आकस्मिक कक्षको राखिएको छ। कक्षको वेड नम्बर ७ मा उत्तानो परेर सुतिरहेका थिए, मोहत्तरीका ५६ वर्षीय छोटे ठाकुर। उनी बेडमा बेहोस भए जसरी सुतिरहेका थिए। उनको शरीर हल्चल गर्न नसक्ने अवस्थामा थियो।
उनले शरीर मात्र होइन, टाउकोले पनि हलचल गरेको थिएन। छोटुलाई अक्सिजन दिएको छ। छोटेको बाँया हातबाट चढाइएको सलाइन पानी शरीरसम्म पुगेको थियो। उनको छातीको बीचमा पाइप राखिएको छ।तर पीडाले छट्पट्टिएका उनी आँखा भने टोलाइरहेका थिए।
कोही उनको छेउमा पुग्दा उनले टाउको नहल्लाई ऊ तर्फ पुलुक्क हेर्थे। उनको आँखा पीडाले छट्पट्टी रहेको थियो। छोटे सुकेधारमा भएको विस्फोटमा घाइते भएका हुन्।
उनको खुट्टा र हातमा सामान्य चोट भएता पनि छातिको चोट गहिरो भएको अस्पतालका प्रमुख प्रमोद यादवले बताए। ‘उपचार भइरहेका तीन जना मध्य दुई जनाको अवस्था सामान्य छ, तर यादवको अवस्था भने अझै पनि चिन्ताजनक नै छ’, प्रमुख यादवले भने, ‘यादवको छातिमा गहिरो चोट लागेका कारण अहिले नै हामीले उनको बारेमा केही भन्न मिल्दैन, उहाँको अवस्था क्रिटिकल नै छ।’
यता, वेड नम्बर ११ मा उत्तानो परेर सुतिरहेका थिए, रुकुम सानी भेरीका २६ वर्षीय रबिन केसी। रविनको दाँया हातमा सुतिरहेको वेडको बारमा हत्कडी लगाइएको थियो। उनी घरी कोल्टो फेरिरहेका देखिन्थे भने घरी ढल्केर बस्दै स्याउ खाइरहेका हुन्थे।जसरी हुन्छ, उनी आफ्ना लागि सहजता खोजिरहेका थिए।
रविन घट्टेकुलामा भएको विस्फोटमा घाइते भएका हुन्। उनको छाति र खुट्टामा चोट लागेको छ। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रमुख यादवको भनाई छ। तर प्रहरीले भने घाइते रविन नेत्रचन्द ‘विप्लव’ समूहका विद्यार्थी नेता भएको भन्दै उनीमाथि अनुसन्धान गरिरहेको छ।
यस्तै रविन सुतेको ठीक उल्टो (विपरीत) बेडमा घोप्टो परेर सुतिरहेका थिए ललितपुर वर्ष ३० का बुद्ध लामा पनि। उनको बेड नम्बर १४ हो। उनी पनि आइतबारकै राति थानकोठमा भएको विस्फोटनमा परी घाइते भएका हुन्।
थानकोटमा बम विस्फोट हुँदा उनको खुट्टा र कम्मरमा चोट लागेको छ। सुतिरहेका उनले घरीघरी दख्यो, कस्तो चिड्चिड भयो भनिरहँदा सुरक्षामा खटिएका सुरक्षाकर्मीले लामालाई नआत्तिन आग्रह गरिरहेको थिए। यद्यपि, घाइते लामाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रमुख यादवको भनाई छ।