logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक चार दिनपछि सुचारु


  • सन्तोष गौतम
  • शुक्रबार, साउन १० २०७६

बेनी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पहिरोका कारण अवरुद्ध बनेको चार दिनपछि सुचारु भएको छ। साउन ६ गतेदेखि अन्नपूर्ण गाउँपालिका–३ स्थित गुइठे भीरमा पहिरो खसेपछि अवरुद्ध सडक बिहीबार साँझदेखि सुचारु भएको हो।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले बिस्फोटक पदार्थको प्रयोग गरी सडकको ट्रयाक खोलेर यातायातका साधन सञ्चालन गरिएको जनाएको छ। नेपाली सेना र नारच्याङमा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत आयोजनाको सहयोगमा बिस्फोटक पदार्थको प्रयोग गरी पहाडमा ट्रयाक खोलेर सडम सुचारु गराइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए।

गुइठेभीर ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमध्येको जोखिमयुक्त ठाउँ हो । यो वर्षमात्रै उस स्थानमा तीन पटक पहिरो खसेर सडक अवरुद्ध भइसकेको छ । सडक अवरुद्ध हुँदामुस्ताङ र उत्तरी म्याग्दीका बासिन्दा, मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीहरु मर्कामा परेका थिए।
उनीहरु सवारी साधन परिवर्तन गरेर गन्तब्यमा पुग्न बाध्य थिए । नारच्याङ पुलदेखि गुइठे खण्डको सडक पार गर्न नारच्याङ हुदै घुमाउरो पैदल मार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार