logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

‘विप्लव’ नेतृत्वको नेकपाको स्थायी समिति बैठक समपन्न, यस्ता छन निर्णय


  • राजनिती न्युज डेस्क
  • शनिबार, साउन ११ २०७६

पोखरा- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी को स्थायी समिति बैठक समपन्न भएको छ। बैठकले सरकारले वार्ता नचाहेको निष्कर्ष निकालेको छ।

बैठकमा सरकारले वार्ताको हल्ला चलाएर आफ्ना नेता कार्यकर्तालाई दमन र गिरफ्तार गर्ने काम गरिरहेको भन्दै आफूहरुले पनि त्यसको प्रतिरोध गर्नुपर्ने निचोड निकालेको विप्लवनिकट स्रोतले जानकारी दिएको छ।
सरकारले नै वार्ता नचाहेपछि अब सरकारी दमनको प्रतिरोध गर्नुको विकल्प नभएको स्थायी समिति बैठकले निष्कर्ष निकालेको हो।

यस्तै बैठकले संघीय संरचनाका तीनवटै सरकार भ्रष्टाचारमा रहेको निष्कर्षसमेत निकालेका छ।

सरकार भ्रष्टाचारमा लिप्त भकेन्द्रीय सदस्यको संख्या घटबढ देखी यस्ता छन निर्णयएका बेला तीनवटै तहमा पार्टीको संगठन सुदृढ गर्नका लागि नागरिकसँग भेटघाटका कार्यक्रम ब्यापक बनाउन पार्टी कार्यकर्तालाई सोही अनुसारको निर्देशन दिने तयारी पनि स्थायी समितिको रहेको छ।

संगठनलाई चुस्त दुरुस्त बनाउने निष्कर्षसहित नेकपाले आफ्नो केन्द्रीय सदस्यको संख्या घटाउने निर्णय गरेको छ।

हाल ५१ सदस्यीय केन्द्रीय समिति रहेकोमा १३ जनाको जिम्मेवारी परिवर्तन गरिएको स्रोतले बतायो।

विप्लव नेतृत्वको नेकपाको पाँच सदस्यीय स्थायी समितिमा खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड, धर्मेन्द्र बाँस्तोला, सन्तोष बुढा मगर र हाल नख्खु कारागारमा रहेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार